NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व अष्टमी - ८

परिचय

प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७६ बमोजिम २०७६।०८।१३ गते प्रदेश नीति तथा योजना आयोग गठन भएको हो । मुख्यमन्त्रीको अध्यक्षतामा आयोगमा पदेन सदस्य तथा सदस्य सचिव सहित सात जना पदाधिकारी रहने व्यवस्था छ । गठन आदेश अनुसार प्रदेशको सुशासन, दिगो विकास तथा समृद्धिका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन तथा मूल्याङ्कन गर्न नीतिको अनुसन्धान तथा विकास गर्न र प्रदेश सरकारलाई सल्लाह सुझाव र सहयोग प्रदान गर्नका लागि प्रदेश नीति तथा योजना आयोगको गठन भएको हो । आयोगको काम कर्त्तव्य र अधिकार अन्तरगत दीर्घकालीन नीति तथा योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन, तहगत समन्वय र अध्ययन अनुसन्धान तथा अन्वेषण आदि पर्दछन् ।